माओवादी केन्द्रको निर्णय जनप्रतिनिधिलाई तालिम दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिलाई दुईदिने अभिमुखीकरण तालिम दिने भएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रले स्थानीय तहमा नवनिर्वाचित प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति प्रमुख, पार्टी प्रदेश इन्चार्ज र अध्यक्षको सहभागीतामा जेठ १८ र १९ गते काठमाडौंमा स्थानीय तह अभिमुखिकरण तालीम संचालन गर्ने निर्णय गरेको हो । जेठ २० गने बस्ने भनिएको केन्द्रीय कमिटिको बैठक भर्चुअल माध्यमबाट सम्पन्न गर्ने र केन्द्रीय समितिको अर्को बैठक २०७९ असार १५ मा बस्ने निर्णय समेत माओवादी केन्द्रले गरेको छ ।