मानव कल्याण बचत संस्थाले पासवुक हराएको बहाना बनाई निक्षेपकर्ता ठग्दै


काठमाडा । डिभिजन सहकारी कार्यालयमा दर्ता कायम रहेको दर्ता नम्बर १८८७/०६५/०६६ मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनताको निक्षेप दुरुपयोग गर्दै ऋणीहरुलाई ठगी गरेको प्रमाण भेटिएको छ । काठमाडौँ महानगरपालीका वडा नं.३१ शान्ति नगरमा रहेको मानव कल्याण बचत तथा ऋण सहकारीले गरेको कर्जा प्रवाहमा पासवुक हराएको भन्दै ऋणीलाई तीन गुणा रकम तिर्न आदेश दिएको सुचना हामीलाई प्राप्त भएको छ । यो सहकारी ऐन विपरितको कार्य हो । सहकारी ऐन २०४८ विपरित उक्त मानव कल्याण सहकारीले कर्जाको तीन दोब्बर रकम जम्मा गर्दा झन बढी कर्जा ऋण देखाएको छ । यो प्रचलित कानुन र सहकारी ऐन २०४८ विपरितको कार्य हो ।

सरकारी अनुगमन फितलो र घुषखोरीकै कारण सर्वसाधारण निक्षेपकर्ताहरु सहकारीबाट ठगिदै आएका छन् । राजनीतिक दल,तिनका भातृ संस्था र सरकारमा रहेका उच्च पदस्थ अधिकारीहरुले गतल कार्य गर्ने यस्ताखाले वित्तिय संस्थालाई संरक्षण गरेको उदाहरण हामीसँग सुरक्षित छ । गृह मन्त्रालय,गृहमन्त्री,गृह सचिव लगालयतका उच्च पदस्था पदाधिकारीहरुको विना अनुमती सामाजिक सञ्जालमा फोटो र नाम सार्वजनिक गर्दै अधिकांस सहकारी संस्थाले निक्षेप कर्ता र ऋणीहरुलाई ठग्दै आएका छन् । हामीसँग त्यो प्रमाण सुरक्षित छ ।

ऋण खाता नं.२९०३ मानव कल्याण,बचत तथा ऋण सहकारी संस्था लि.बाट विवस ढुङ्गानाले जग्गा धितो राखेर १० लाख कर्जा निकाले । उनको हातमा ९ लाख मात्र प¥यो । ढुङ्गानाले मिति २०७७/११/१९ मा १० लाख ऋण लिएका थिए । उनको ऋण चुक्ता मिति २०७८/११/१८ रहेको थियो । वार्षिक ब्याजदर १६ प्रतिशतमा ढुङ्गानाले ऋण लिएका थिए । ऋणी ढुङ्गानाले कोभिड निशेद्याज्ञा आगाडि ५ लाख भुक्ताीनी गरे । त्यसपछि उक्त सहकारीकार सञ्चालकहरुले पासवुक हराएको भनी बहाना बनाएर कारोवार देखाउन मानेनन् । निशेद्याज्ञामा कुनै छुट दिइएन । १० लाखमा ५ लाख ऋण चुक्ता गरेपछि तत्काल मानव कल्याण सहकारीले १५ लाख ३३ हजारको ऋणि बनायो ढुङ्गानालाई ।

त्यसपछि ९ लाख ऋण भुक्तानी गरेर खाता नविकरण गर्न जाँदा १२ लाख कर्जाको कागज बनाउन खोज्यो । तर ऋणीले त्यो सहकारीको ठगी धन्दामा सर्मथन जनाएनन् । वर्तमान ऐन,कानुन वमोजिम न्यायको खोजिमा लाग्ने निर्णया गरे ढुङ्गानाले ।
त्यसै गरी शशिकान्त चौधरीले विना धितो उक्त मानव कल्याण सहकारीबाट ५ लाख ऋण लिए । ५ लाख ऋण निकालेकोमा चौधरीको हातमा ४ लाख मात्रै प¥यो । चौधरीलाई पनि त्यसै गरी ठगियो । २ लाख कर्जा ऋण चुक्ता गरेर पासवुक नविकरण गर्न जाँदा ७ लाख ६५ हजार ऋण बनाएर नविकरण गर्न बाध्य पारियो । चौधरीले त्यस भन्दा पहिला ४ लाख बुझाई सकेका थिए । मानव कल्याण बचत तथा ऋणसहकारी संस्थालाई ६ लाख भुक्तानी गर्दा सहकारीले उल्टै सात लाख ६५ हजार ऋण चौधरीको थाप्लोमा झुण्डाएको छ । हाम्रो टिमले उक्त मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *