तरलताको अभाव छैनः श्रेष्ठ


काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अहिले तरलता अभाव नभई लगानी योग्य रकमको अभाव भएको बताएका छन् । उनले विश्व अर्थतन्त्रमा परेको प्रभाव, कोरोना महामारी लगायतका घटनाले तरलता अभाव महशुस भएको बताए । तराई विकास तथा सञ्चार केन्द्रले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रम बोल्दै उनले विदेशी विनिमय सञ्चिती नबढ्दासम्म बैंकिङ तरलता अभावको समस्या समाधान नहुने र तत्काल ब्याजदर समेत नघट्ने बताए ।
‘विदेशी विनिमय सञ्चिती सुधार भएर नबढुन्जेलसम्म बैंकिङ तरलतामा हिजोको जस्तो सहजता नहुने स्थिति लम्बिन्छ र ब्याजदरमा चाप पर्ने स्थिति रहन्छ,’उनले भने, ‘त्यसैले केही समय अझै ब्याजदरमा चाप पर्ने देखिन्छ । ब्याजदर बढ्दा आर्थिक गतिविधिमा चाप पर्ने बताउँदै समस्या समाधानको अन्तिम विकल्प भनेको आन्तिरिक उत्पादनमा जोड दिनु पर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *