मनराशिसवा नगरपालिकाद्वारा तिन दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
महोत्तरी । मनराशिसवा नगरपालिकाद्वारा आयोजित तिन दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हिजो (सोमबार)बाट सञ्चालन भइरहेको छ । उक्त निशुल्क स्वास्थ्य शिविर भोली ११ गते बुधबार २ बजेसम्म हुने भएको छ । शिविर भने जनकपुरधा मनरा बजार, स्थित श्री दुर्गा उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा बसेको छ ।

नि:शुल्क बृहत स्वास्थ्य शिविरमा सहयोग भने जनकपुरधाम एनम एस आर ए, महोत्तरीको स्वास्थ्य कार्यलय र जनकपुरधामको आपुर्ति स्वास्थ्य महाशाखा रहेको छ । विषेश प्राविधिक सहयोगमा भने नोबेल मेडिकल अस्पताल र ससन्वय कर्तामा भने डा. कुमुद झा रहेका छन् ।
‘स्वास्थ्य नै धन हो भन्ने’ विषयलाई आत्मासाथ गर्दै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यक्रम ल्याएको आयोजक टिमका संयोजक डा. कुमुद झाले काठमाडौँ न्युज डट कमका संवादातालाई बताएका छन् ।

उक्त शिविरमा विभिन्न रोगको सेवाहरु उपलब्ध छन्, जस्तै : जेनेरल मेडिसिन, मुटु फोक्सो तथा किड्नी, प्रशुति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मानसिक तथा नसा रोग, हाडजोर्नी तथा नशा रोग, छाला रोग तथा यौन रोग, नाक/कान र घाटी रोग, आँखा परीक्षण तथा उपचार (पावर वाला चस्मामा सःशुल्क), दन्त सेवा, भिडियो एक्स-रे, इ सी जी ९अगरेजी० सेवा, ल्याव सेवा, औसधि वितरण तथा परापर्शसहितको सेवाहरु रहेको छ ।

शिविरमा आएका विरामीको थप उपचार गर्नुपरेमा नोबेल मेडिकल कलेज विराटनगरले औषधी बाहेको ५० प्रतिशत छुटमा उपचार गर्ने ब्यवस्था पनि मिलाएको छ ।
















