नेपाल राष्ट बैङकले ५० करोड पुँजी भएका सहकारीको नियमन गर्ने

काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या बढ्दै जान थालेको छ। सहकारीमा समस्या देखा पर्न थालेपछि सहकारीका संचालक भाग्न थालेपछि समस्या देखापरेपछि नेपाल राष्ट बैङले नियन्त्रण तथा नियमण गर्ने भएको छ ।

यस्ता समस्याहरु देखा पर्न थालेपछि सर्वसाधारण समस्यामा पर्न थालेका छन् । यस्ता गतिविधि बढ्न थालेपछि समस्याको न्युनीकरणका लािग सरकारले सहकारी ऐन, २०७४ संशोधन गरी कडाई नीति ल्याउन लागेको स्रोतले जनाएको छ ।

सरकारले सहकारी ऐन २०७४ लाई संशोधन गरेर सहकारी विभाग र विभागका रजिष्ट्रारलाई थप अधिकार प्राप्त बनाउन लागेको हो।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन २०७४ सहित अन्य ऐन पनि संशोधनका लागि संसदमा पेश गर्ने निर्णय गरेको थियो। सहकारी ऐन संशोधन मस्यौदामा सहकारी विभागका रजिष्ट्रारको अधिकारलाई विस्तार गर्ने प्रस्ताव छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *