राष्ट्रपति एमालेले जिते सत्ता ओलीको हातमा पुग्ने
काठमाडौं । माओवादी केन्द्रमा सुरुबाटै यो वर्तमान सत्ता समीकरणलाई लिएर तीव्र ध्रुवीकरण थियो । वर्षमान पुनलगायतको प्रयासमा बनेको यो गठबन्धनप्रति शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेलहरू खुसी थिएनन् । त्यसकारण पछिल्लो समय गठबन्धनको बचाउमा मनैदेखि लाग्ने नेताहरू औंलामा गन्न सकिने संख्यामा मात्रै रहेको देखिन्छ । यसका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुरानो गठबन्धन ब्युँताउन तयार भइसकेका छैनन् । उनले उत्तरतर्फको छिमेकको दबाब थेग्न नसकेको कतिपयको विश्लेषण छ ।
चीनले समीकरण जोगाउन सुपरग्लुको काम गरिरहेको प्रस्टै छ । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आइरहेका छन् । केही दिनभित्रै अर्को टोली आउने तय भएको छ । एमाले अध्यक्ष केपी ओलीको विशेष अनुरोधमा चिनियाँ टोली नेपाल आउन लागेको स्रोतले बतायो । यतिबेला विगतमा ओलीले जस्तै असंवैधानिक कदम चालिए कसले रोक्ने ? भन्ने बहस सुरु भएको छ । राष्ट्रपति एमालेले जिते सत्ता ओलीको हातमा पुग्छ । यतिबेला सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश एमालेकै छन् ।
उपसभामुख पनि करिब–करिब एमाले नै हो । अख्तियार र निर्वाचन आयोगजस्ता प्रभावशाली संवैधानिक निकायमा पनि एमालेसँग निकटता राख्नेहरू नै प्रमुखहरू छन् । अहिले राष्ट्रपति एमालेले लिँदा र अढाई वर्षपछि ओली प्रधानमन्त्री हुँदा राज्यको सम्पूर्ण शक्ति एउटा व्यक्तिको कब्जामा पुग्छ । अहिले नै संवैधानिक परिषद्मा प्रधानमन्त्री र विपक्षी दलको नेता एकातिर अनि अरु अर्कोतिर रहने अनौठो अवस्था देखिन्छ ।
यसबारे माओवादीपंक्ति आफैँ भलिभाँती जानकार छ । माओवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकमा पनि अढाई वर्षपछि एमालेलाई सत्ता बुझाउँदा आफ्नो हातमा केही बाँकी नरहने र शक्ति सन्तुलन बिथोलिने खतराको गम्भीर आकलन भएको थियो । त्यसैले उसले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बटमलाइन अघि सारेको छ । तर एमालेले आफ्नो उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुने बताउँदै आएको छ ।
आइतबार राति नेपाली कांग्रेसका शीर्ष नेताहरू र प्रधानमन्त्री प्रचण्डबीच भेटर्वार्ता सम्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहित बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न औपचारिक प्रस्ताव गरे । कांग्रेसको प्रस्तावबारे छलफल गर्न प्रचण्डले सोमबार अपराह्न माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् । त्यसैले आजको माओवादी पदाधिकारी बैठकले के निर्णय गर्ला ? भन्ने सबैको चासो देखिएको छ ।