गण्डकीका मुख्यमन्त्री अधिकारी खनिए प्रचण्डमाथि, अस्थिरता निम्त्याएको आरोप

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । राष्ट्रपति निर्वाचनमा प्रचण्डले एमालेलाई साथ दिन इन्कार गरेपछि मुख्यमन्त्री अधिकारीले उनलाई अस्थिरताको कारक भनेका छन् । उनले देशको राजनीतिक स्थिरताका लागि तेस्रो दललाई प्रधानमन्त्री बनाएको बताएका छन्।

नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अधिकारीले पछिल्ला दिन भएको राजनीतिक परिवर्तनको हल्लासँगै देशको राजनीति कता जान्छ भन्ने केही थाहा नभएको बताए। ‘अहिले छिनछिनमा भइराखेको गठबन्धन र संरचना पनि परिवर्तन हुने हल्ला आउँछ । कतिवेला के हुने हो थाहा छैन,’ अधिकारीले भने, ‘पछिल्ला घटनाक्रमले देश झनै राजनीतिक अस्थिरतातिर जाने त होइन भन्ने चिन्ता छ । यसले मुलुकको समृद्धि कसरी होला ?

बिहीबार मात्र एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका थिए । ओलीले फागुन १ गते जनयुद्ध दिवस दिएकोमा आपत्ति जनाएका थिए । यसलाई गठबन्धन टुट्ने भनेर हल्ला चलिरहेका बेला शुक्रबार बिहान गण्डकीका मुख्यमन्त्री प्रचण्डमाथि खनिएका हुन् । अधिकारी एमाले नेता हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *