युरो बढ्दा पाउण्ड र अमेरिकी डलरको मूल्य सामान्य घट्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन बढेको डलरको मूल्य आज भने सामान्य घटेको हो ।
राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिक डलरको खदिरदर १३१ रुपैयाँ ३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा रहेको छ । अघिल्लो दिन भने अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको थियो ।
त्यस्तै बिहीबार युरोको खदिर तथा बिक्रीदर बढेको छ । आज युरोको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा तोकिएको छ । बुधबार भने एक युरोको खरिददर १४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा रहेको थियो । त्यस्तै बुधबार पाउण्ड मूल्य पनि घटेको छ । पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ४४ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ पैसा ८७ पैसा रहेको थियो ।
राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीमा ९८ रुपैयाँ ९५ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८४ पैसा रहेको छ ।