उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल विभूषित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाललाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेका छन् ।असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण नयाँ वर्षको दिन प्रदान गरिएको हो ।