नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीको खानतलासी

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीले खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको निवास सातदोबाटोमा खानतलासी गरेको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने क्रियाकलापमा सामेल भएको पत्ता पाएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेपनि अहिले रायमाझीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । सो अपराधका आरोपी रायमाझीलाई पक्राउ गर्नका लागि सोमबार ७७ वटै जिल्लालाई परिपत्र गरिएको छ ।

अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको निवासमा खानतलासी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । प्रहरीले उनको निवासमा गरेको अनुसन्धानमा पत्ता लागेन । रायमाझीलाई पक्राउ गर्नका लागि प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका थिए रायमाझी । त्यसपछि अहिले सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट दुबैजनाविरद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेपछि सोही धन्दामा आवद्ध रहेका उनका छोरा पक्राउ परेपनि अहिले सम्म उनका बुबा टोपबहादुर रायमाझी पक्राउ पर्न सकेका छैनन् ।

यसअघि पक्राउ परेकाहरुले ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएपछि

सो प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् । सो गतिविधिमा आरोपित केही नेपाली कांग्रेसका नेताहरुमाथि पनि आरोप लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *