मन्त्रिपरिषद् बैठक : विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन दिने निर्णय देखि ४४ सहसचिवको सरुवासम्म

काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

तेस्तै सरकारले विदेशबाट आउने नेपाली नागरिकले दुईवटा मोवाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गरेर दुईवटा मोबाइल साथमा ल्याउन पाउने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले बताइन् ।

यसअघिको एउटा मात्रै मोवाइल ल्याउन पाउने व्यवस्था थियो ।मन्त्रिपरिषद्को बैठकले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ ।

यस्तै उनले ढल्केवर-वाणगंगा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको पनि जनाइन् ।

प्रवक्ता शर्माका अनुसार ई-समिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने सरकारले निर्णय गरेको छ ।

तेसैगरी सरकारले सहसचिव रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुुवा गर्ने निर्णय गरेको हो ।

वन तथा वातावरण मन्त्रालयको कायममुकायम सचिवको जिम्मेवारीमा रहेका कृषि वन सेवा सेवातर्फका सहसचिव पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले पौडेललाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *