नविल बैंकको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयमा सभागृह बन्ने


काठमाडौं । नबिल बैंक लिमिटेडको सहयोगमा पूर्वाञ्चल विश्व विद्यालयभित्र सभागृह बन्ने भएको छ । ७ सय ५० सिट क्षमता रहने सभागृहको शिलान्यास शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले गरेका छन् । शिक्षामन्त्री राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय भवनको पनि शिलान्यास गरेका छन् । विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका साथै गोठगाउँका बासिन्दाहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्न लागिएको नबिल बैंकले जनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पूर्वाञ्चल विश्वविद्यालयमा शाखा कार्यालय निर्माण ३ महिना भित्र सकिने र शाखा सञ्चालनमा आउने बताए । उनले नबिल बैंक बैंकिङ क्षेत्रमा नै नयाँ सेवा सुविधाहरू प्रदान गर्ने अग्रणी बैंक रहेको र सूचना प्रविधिमा आधारित सेवा विस्तारमा बैंक शीर्ष स्थान रहेको जानकारी गराए । विश्वविद्यालय उपकुलपति यादवराज कोइरालाले विश्वविद्यालय परिसरमै अपरिहार्य बनेको बैंक शाखा र सभागृह बनाउन थालेकोमा खुसी व्यक्त गरे । उनले यस क्षेत्रमा शाखा कार्यालय खोल्नुले विश्वविद्यालयका कर्मचारी, विद्यार्थी, प्राध्यापकका साथै गोठगाउँका बासिन्दाहरूलाई पनि वित्तीय कारोबारमा सहयोग पुग्ने बताए । विश्वविद्यालयका रजिष्टार नीलमणि पोखरेलले सभागृह र बैंकको शाखा कार्यालय बन्नु विश्वविद्यालय र स्थानीयको लागि खुसीको विषय भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *