महामन्त्री थापा : देशको नेतृत्व अव नयाँ पुस्ताले गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अव देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अव मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताए ।

अहिलेको आश्यकता आफु वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्ने कुरामा रहेको उनले बताए । उनले आफु फेरी पनि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्नमा लाग्ने र नसके अरु कसैलाई समर्थन गर्ने जिकिर गरे ।

थापाले अहिले मुलुकको अर्को प्रधानमन्त्री को बन्छ भन्ने सवैलाई जानकारी हुने भन्दै उहाले एक पटक प्रधानमन्त्री भएको व्यक्तिलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट सवै दलले रोक्न सक्नुपर्ने तर्क गरे । त्यस्तै थापाले अहिले सवै दलहरुले मिसन ८४ लाई ध्यान दिएको अवस्थामा कांग्रेसले भने मिसन २०८० मा केन्द्रीत गर्नुपर्ने धारणा राखे ।

देशका सवै स्थानमा कांग्रेस सहभागी सरकार बनेको अवस्थामा जनताको चाहना अनुसार काम गर्न सके मिसन ८४ मा ध्यान दिनै नपर्ने उहाको भनाइ छ । थापाले पार्टीको केन्द्रीय समितिबाटै केन्द्र लगाएत प्रदेश सरकारमा रहेका कांग्रेसतर्फबाट मन्त्रीहरुलाई एकबर्षको काममा केन्द्रीय हुन निर्देशन दिनुपर्ने धारणा राखे । उनले पार्टीको क्रियाशिल सदस्यता वितरणलाई पनि नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *