ललिता निवास प्रकरण : राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दाको पेसी

काठमाडौं । ललिता निवास प्रकरणमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो । सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङका अतिरिक्त पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।

गैरकानुनी रुपमा थुनामा राखिएको दावी गर्दै सर्वेच्चमा अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । उस अघि अदालतले कारण देखाउ आदेश जारी गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *