कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटिएको सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई सन्देश
काठमाडौं । झुन्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ ।
काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको छ। सारुकले सुसाइड नोटमा कसैलाई दु :ख नदिन प्रहरीलाई अनुरोध गरेका छन्। बुबा आमा पाटीमा ठमेल गएको बेला असार २१ गते सारुक आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएका थिए ताम्राकार।
उनका बुबा आमाले घरमा छोराको खोजी गर्न ढोका खोल्दा ढोका नखुेपछि उनलाई उनका बुबा आमाले मृत अवस्थामा झुन्डिएको अवस्थामा भेटेका थिए ।
सारुकले लेखेको नोट प्याट यस्तो रहेको छ : पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।
















