आरजु देउवाको चरित्र हत्या गर्ने सामाग्री राख्नेलाई कारबाही गर्न तरुण दलको माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने उदेश्यका साथ सामाजिक सञ्जालमा प्रचार प्रसार गरिएका झुट्टो समाचार प्रति आपति जनाएको छ ।

कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति जनाइएको शुक्रबार अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल तरुण दल केन्द्रीय समितिले ‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानूनको दायरामा ल्याउन गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।

 तरुन दलले जारी गरेको विज्ञप्ती अनुसार दुष्कर्म गर्ने व्यक्ति वा समुहलाई कारबाही नगरे  तरुण दल आँफै प्रतिकारमा उत्रिने जनाएको छ । 
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *