किसान बहुउद्देश्यीयले दियो सदस्यलाइ कृषि तालिम


किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाइ निःशुल्क बिउबिजन वितरण गरेको छ । संस्थाको शाखा कार्यालय बेलौरीले २ दिने तरकारी खेती सम्बन्धि तालिमको आयोजना तथा निशुल्क बीउबिजन वितरण गरेको छहो । “सिप सिकौँ आत्मनिर्भर बनौँ” भन्ने मुल नारा सहित सोमबारदेखी सञ्चालित तालिम मंगलबार समापन संगै बेलौरी नगरपालिका वडा नम्बर ४,५ र ६ मा किसान बहुउद्देयीय सहकारी संस्था संग आवद्ध सदस्यहरुलाई २ दिने तरकारी खेती सम्बन्धि तालिमको आयोजना तथा निशुल्क बीउबिजन वितरण गरेको हो । समापन कार्यक्रममा संस्थासंग आवद्ध सदस्यहरुलाई रसायनिक विषादिको प्रयोगलाई निरुत्साहित गर्दै जैविक उत्पादनमा विशेष जोड र कृषिमा आत्मनिर्भर र माटोको अवस्था बारे जानकारी तालिममा सहभागिहरुलाई प्रदान गरिएको प्रशिक्षक तथा कृषि प्राविधिक बिरेन्द्र शाहले बताए । यस्तै आफैले उत्पादन गरेको अर्गानिक तरकारी स्वास्थ्यका लागि धेरै फाईदा हुने भएकोले तालिममा सिकेका कुरालाई ब्यवहारीक रुपमा प्रयोग गर्न तालिममा सहभागी सदस्यहरुलाई कृषि प्राविधिक शाहले आग्रह गरे । सुरुमा मौसम अनुसार कुन जातको तरकारी कसरी लगाउने सम्बन्धि कुनै पनि जानकारी नभएको र सिजन अनुसार कुन तरकारी कसरी लगाउने कुरा तालिममा सिक्ने अवसर मिलेको सहभागी सदस्यहरुले बताएका छन ।

आगामी दिनमा पनि यस्तै फाईदा मुलक सीप र तालिमको ब्यावस्था मिलाउन आग्रह आग्रह गर्दै यस्ता खालका तालिमहरुले कृषकहरुको सिप र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउदै आगामी दिनहरुमा पनि यस खालका तालिमहरु संचालन गरी कृषकहरुलाई सहभागी गराउन सकेमा व्यवसायिक उत्पादनमा अझ मद्धत पुग्ने तालिममा सहभागीहरुले बताएका छन । यस्तै सस्थाले प्रदान गरेको तरकारी खेती सम्बन्धि तालिमले सदस्यहरुको जिवनमा ठुलो परिवर्तन आउने विश्वास सहित तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपले प्रयोगमा ल्याउन सक्यो भने ब्यावसायिक रुपले आय आर्जनमा समेत थप मद्धत पुग्ने महाँलक्ष्मी विकाश बैंक बेलौरीका प्रमुख हेम बहादुर बोहराले बताए ।

संस्थाले बेलौरीमा २ पटक तरकारी खेती सम्बन्धि तालिम तथा निशुल्क बीउबिजन वितरण गरिसकेको र आगामी दिनमा बेलौरी शाखाबाट गहु लगायतका अन्य विउबिजनहरु बितरण गर्ने तयारी भैइरहेको तथा कृषिमा आधारित अन्य सिपमुलक तालिमहरु संस्थाले हरेक समयनुसार दिने ब्यावस्था मिलाई रहेको शाखा कार्यालय बेलौरीका प्रमुख बिरेन्द्र प्रसाद जैशीले बताए । यस्तै बेलौरी नगरपालिका वडा नम्बर ४ र ६ मा ६६ जना तथा वडा नम्बर ५ मा ४२ जनालाई २ दिने तरकारी खेती सम्बन्धि तालिम दिइनुका साथै निशुल्क बीउबिजन पनि वितरण गरिएको किसान बहुउद्देयीय सहकारी संस्था शाखा प्रमुख जैशीले जानकारी दिए । कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गरिएको छ । समापन कार्यक्रमको सञ्चालन सस्थाका कर्मचारी भिमा कुमारी पोखरेलले गरेका थिए भने २ दिने तरकारी खेती सम्बन्धि तालिम तथा निशुल्क बीउबिजन वितरण कार्यक्रममा तिन वटै वडामा अवाद्ध सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *