इजरायलमा फसेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन सिंहदरबारमा संयन्त्रको बैठक
काठमाडौं । इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपीसाउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको छ।
सरकारले आइतबार परराष्ट्रमन्त्रीको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो। संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने भनिएको छ।
प्यालेस्टाइनी विद्रोही समूह हमासको रकेट आक्रमणमा परी इजरायलमा अध्ययनरत १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । एकजना बेपत्ता छन् । अझै पनि धेरै नेपाली बंकरमा लुक्न बाध्य छन् । इजरायलमा रहेका ४५ सय नेपाली नागरिकमध्ये स्वदेश फर्कन चाहनेका लागि सरकारले उद्धार गर्ने भएको छ ।