गुणस्तर तथा नापतौल विभागमा महानिर्देशकमा जोशी नियुक्त

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । विभागले पहिलो पटक महिला महानिर्देशक पाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशकका रुपमा कार्यरत जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको थियो ।

यसअघि यही माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेसँगै रिक्त भएको पदमा विभागीय मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *