सहकारी प्रकरणमाथि छानबिन समिति माग गरेर कांग्रेस फस्यो: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै संसदीय समितिसँग साधन स्रोत पनि नहुने बताउदै कांग्रेस यो माग गरेर फसेको बताएका छन् । उनले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सहि हुने बताएका छन् । उनले गृहमन्त्री माथि छानबिन नै नहुदै दोषी ठहर गर्न नहुने बताए ।

उनले कांग्रेस एक कदम पछि हटेर संसद अवरोध गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *