परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर
भक्तपुर । “हाम्रो सुर्यविनायक राम्रो सुर्यविनायक” अभियान अन्तर्गत संस्थाले विगत १ सय हप्तादेखि प्रत्येक शनिवार नगरपालिकाको विभिन्न स्थानहरूमा सरसफाई गर्दै आएको परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । परिष्कृत नेपालका अध्यक्ष ई. विशु थापाका अनुसार शनिबार भक्तपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७३ जना, आँखा शिविरमा १ सय ३७ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । त्यस्तै, २१ जनाले रक्तदान गरेका छन् । परिष्कृत नेपालले भक्तपुरको विभिन्न स्थानमा सामाजिक कार्यहरू गर्दै आएको छ ।
जसअन्तर्गत आज निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट प्रदर्शनी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, राष्ट्रियसभा सदस्य जितजंग बस्नेत, प्रतिनिधिसभा सदस्य सन्तोष परियार, नगरपालिकाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । उनीहरुले १००औं हप्ताको अवसरमा आयोजित कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यस सँगसगै परिष्कृत नेपालले “शरीरको लागि कपडा” अभियान अन्तर्गत जाजरकोटमा २७ बोरा लुगा र मोरङको श्री जन आधारभूत विद्यालयमा बालबालिकाको लागि लुगा वितरण गरिसकेको छ ।
सो कार्य आवश्यकताअनुसार अन्य ठाउँमा पनि निरन्तर जारी रहने अध्यक्ष थापाले बताए । उक्त संथाले ज्ञान ज्योति अभियान ।अन्तर्गत सामुदायिक विद्यालयमा एसईई दिने १८९ विद्यार्थीहरूलाई निःशुल्क रुपमा गणित, विज्ञान र ऐच्छिक गणितको ट्यूशन कक्षा चलाएको थियो । उक्त अभियान प्रत्येक वर्ष जारी रहने बताइएको छ । आजको कार्यक्रममा भक्तपुर जिल्लाको ११ माध्यमिक विद्यालयमा बनाईएको १४ वटा रोवटहरू प्रदर्शन गरिएको थियो ।