नेपाल इन्स्योरेन्सले ७० करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा ७० करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरूमा सबैभन्दा धेरै नाफा हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ३७ करोड ३० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ८७.७८ प्रतिशत बढेको हो । गत असारसम्म कम्पनीले ७६ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७२ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले ३४ करोड ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ, महाविपत्ति कोष ९ करोड ९२ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३१ करोड २४ लाख रुपैयाँ र अन्य इक्विटी ११ करोड ७७ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २४.९६ रुपैयाँबाट बढेर ४२.६१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.६५ गुणा छ । कम्पनीले ४५ करोड २३ लाख रुपैयाँ दीर्घकालिन लगानी र ३ अर्ब ९२ करोड २३ लाख रुपैयाँ सर्टटम लगानी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *