विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर

२३ वर्षका भारतीय विद्यार्थी तापाला नादामुनीले गिनिज बुक्समा काम गर्ने विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर बनाएको रेकर्ड राखेका छन् । यो भ्याक्युम क्लिनर कान्छी औँलाको नङभन्दा पनि सानो अर्थात् शून्य दशमलव ६५ सीएमको छ । यसलाई बनाउन उनले २ वर्ष खर्च गरेका थिए । यस अघि उनले सन् २०२० देखि सन् २०२२ सम्ममा १ दशमलव ७६ सेमीको सानो उपकरण बनाएका थिए । यसबाट उनको नाम गिनिजमा दर्ता भएको थियो । तर अरु कुनै व्यक्तिले शून्य दशमलव ८५ सेमीको भ्याक्युम क्लिनर बनाएपछि उनको यो रेकर्ड खोसियो । त्यसपछि अर्को २ वर्ष लगाएर उनले त्यो भन्दा पनि सानो भ्याक्युम क्लिनर बनाउने प्रयास गरे । यस बीचमा उनका कयौँ प्रयासलाई गिनिज बुक्सले अस्वीकार गरिदियो । गिनिजले बिजुलीाट चल्ने अनि नेगेटिभ आन्तरिक दबाबमा फोहोर तान्ने उपकरणलाई मात्रै विश्व रेकर्डको प्रयासमा वैध भनेको थियो । अनि भ्याक्युम क्लिनरलाई सबैभन्दा छोटो अक्षबाट नापिन्थ्यो । अर्थात् ह्यान्डल र पावर कर्ड भएतिरका हिस्सा यसमा सामेल हुन्नन् । गिनिजले आफ्नो केही प्रयासलाई अस्वीकार गरेपछि उनले गिनिज बुकमा नाम टिपाउनै लागि भ्याक्युम क्लिनरको डिजाइन नै फेरे । विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर बनाउन नादामुनीले २० हजार भारु खर्च गरेका थिए । तर समय भने निकै धेरै खर्चिनु पर्यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *