नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको उदयपुरको घुर्मीमा नयाँ शाखा संचालनमा

काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको नयाँ शाखा उदयपुरको घुर्मीमा खुलेको छ । बैंकले उदयपुर जिल्लाको कटारी नगरपालिका वडा न १४ मा शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो नयाँ शाखा दुर्गमका जनता लक्षित शाखा हो । उक्त शाखा उदयपुरको कटारी नगरपालिकामा पर्दछ । सो नगरपालिकाका ५ वटा वडाहरु (लिम्पटार, हर्देनी, सोरुङ्गछविसे, मयांखु र लेखानी) का २० हजार बढी सर्वसाधारणले नियमित लाभ लिन सक्नेछन् । त्यस्तै बैंकको उक्त शाखा सञ्चालनमा आएपछि उदयपुरको अतिरिक्त सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका जनताले समेत बैंकबाट प्राप्त हुने अत्याधुनिक वित्तीय सेवा प्राप्त गर्ने अवसर मिलेको छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिकाको ४ वटा वडाहरु जस्तै टोक्सेल, हर्कपुर, थाक्ले, हिलेपानी, माझीगाउँ, सुनकोशी गाउँपालिकाका बल्खु, सिसेरी, मोलुङ, ङाजाजेरूङ्ग, सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाको तीन वटा वडाहरु नागथान, साँखु, सालुके, सोल्पा, गैरीलाई समेट्ने योजना बनाएको छ ।

त्यसैगरी जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको गोपीटार, जोर्ती, जयरामघाट पारीलाई पनि बैंकले समेट्ने छ । हालसम्म कुनै पनि बैंकको शाखा नरहेको उक्त ठाउँमा बैंक सञ्चालनमा आएपछि घुर्मी बजारमा तीन जिल्ला खोटाङ, ओखलढुंङ्गा र सोलुखुम्बुको नाका हुँदै हरेक दिन ओहोर दोहोर गर्ने २५० जति साना ठूला व्यापारी समेतले प्रत्यक्ष लाभ लिनेछन् । यस्तैगरि उक्त स्थानमा सडक डिभिजन कार्यालय, विद्यालय, पेट्रोल पम्प, होटलहरु, होलसेल पसल, हार्डवेयर, प्रहरी चौकीका साथै एनसेल लगायत केही निजी कार्यालयका शाखाहरु रहेको, नेपाल टेलिभिजनको शाखा समेत बन्दै गरेको छ । सो स्थानमा बैंकको नयाँ शाखा सञ्चालनसँगैै ती कार्यालयहरु वित्तीय सेवा लिन टाढा धाउनुपर्ने बाध्यता सँधैका लागि बन्द हुनेछ । बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गरेर एटीएमलगायत सबै किसिमका अत्याधुनिक वित्तीय सेवा उपलब्ध गराउने जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *