दीपालको ब्रान्ड एम्बेस्डरमा पूर्वकप्तान खड्का

काठमाडौं । विद्युतीय गाडी दीपालको ब्रान्ड एम्बेस्डरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का अनुबन्धित भएका छन् । चांगान नेपालले नेपाली क्रिकेटका परिचित खड्कालाई दिपाल इभीको आधिकारिक ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो । काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिवसमेत रहेका खड्कालाई दीपाल इभीको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएको हो । खड्काले दीपाल परिवारमा जोडिन पाउँदा खुसी लागेको बताए । साथै उनले आफू अहिले पनि दीपाल गाडी नै चढिरहेको बताए ।

‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आबद्ध हुन पाउँदा खुसी छु । त्यसैगरी, पारसलाई दीपाल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए । केही महिनाअघि सार्वजनिक भएको दीपल एस ०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस ०७ डेलिभर गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *