दुई वर्षदेखि भुक्तानी रोकिएर भुक्तानी नपाएको निर्माण व्यवसायी महासंघको गुनासो
काठमाडौं । निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् ।
आज (बुधवार) नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै गुनासो गरेका हुन् । निर्माण व्यवसायीहरूले नयाँ सरकारले गरेका प्रतिबद्धताअनुसार निर्माण व्यवसायीहरूका समस्या समाधान हुने ठूलो आशा राखे पनि दुई महिनासम्म पूरा हुन नसकेको उनले बताए ।
निर्माण व्यवसायीहरूले सरकारबाट निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वसन पाएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।