सप्तकोशीमा बस खस्यो २० जनाको उद्दार

काठमाण्डौं । सप्तकोशीमा बस खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेको बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएको जानकारी दिए । विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो ।

तीब्र गतिमा रहेको बस साझ ६ बजे चिप्लिएर नदीमा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेको बस निकाल्ने प्रयास भइरहेको एसपी रेग्मीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *