क्यूएफएक्सले दियो ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुपरहिट’ घोषणा

काठमाडौं । मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत दशैंका फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुुपरहिट’ घोषणा गरेको छ । चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले जनाइन् । उनका अनुसार क्यूएफएक्सका हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त (विकेन्ड)मा करोड ५ लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गरिन्छ ।

जसअनुसार, दशैंको फूलपातिमा रिलिज भएको ‘छक्कापञ्जा ५’ले गत सोमबार क्यूएफएक्सको देशभरका हलमा उक्त थ्रेसहोल्ड पार गरेको थियो । उक्त मापदण्ड पुरा गर्न ‘१२ गाउँ’लाई बुधबारसम्म समय लाग्यो । ‘तर, कुनै पनि फिल्मले अहिलेसम्म हाम्रो ब्लकबस्टरको मापदण्ड हासिल गर्न सकेका छैनन्’ गिरीले भनिन् । क्यूएफएक्सले ‘महाजात्रा’बाट सुपरहिटको ट्याग दिन थालेको हो । त्यसयता महाजात्रा, बोक्सीको घर, स्त्री २, कल्कीले मात्र सुपरहिटको ट्याग पाएका छन् । हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने गिरीको भनाई छ । अहिले देशभर क्यूएफएक्सका १७ हल र ४० पर्दा छन् । विहिबारदेखि क्यूएफक्सका हलमा छक्कापञ्जा ५ र १२ गाउँले आक्रामक कमाइ गरिरहेका छन् । शो संख्या र अकुपेन्सी पनि लगभग समान रहेको जनरल म्यानेजर गिरीको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *