नेपालको स्वास्थ्य सेवा सुधारका लागि हामिले प्रयास जारी राखेका छौँ : स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् ।
काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका दिनरात आफूहरु लागि परेको बताएका छन् । स्वास्थ्यमन्त्री पौडेलले कार्यक्रममा स्वास्थ्य बीमा, जनशक्ति वृद्धि, औजार मर्मत लगायत विषयमा कार्य भइरहेको उल्लेख गर्दै स्वास्थ्य सेवा सुधार गर्नका लागि प्रयास जारी गरेको बताए । बीमाको क्षेत्रमा, औषधिको क्षेत्रमा, जनशक्ति वृद्धि गर्ने सन्दर्भमा उपकरण बनाउने सन्दर्भमा, भवनलाई व्यवास्थित बनाउने सन्दर्भमा, स्रोत बढाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले काम जारी राखेको बताए ।
देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित मन्त्रालयले बिहीबार र शुक्रबार दुई दिन स्वास्थ्य सम्मेलन गर्दै छ । प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यसहित काठमाडौँमा दुईदिने सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।