बेलायती राजकुमार दम्पतीले आज दिउँसो राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्दै

काठमाडौं । बेलायती राजकुमार दम्पतीले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन् । राजकुमार एडवार्ड र उनकी श्रीमती सोफियाले आज दिउँसो पौने ४ बजे शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

सोफिया आज बिहानै काठमाडौं आइसकेकी छन् भने उनका पति राजकुमार एडवार्ड केहीबेरमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । बिहान एयरपोर्टबाट सोफिया लैनचौरस्थित बेलायती दूतावास गएकी छन्। उनीहरु दुवैले राष्ट्रपतिसँग भेट गर्ने तय भएको राष्ट्रपति पौडेलका सञ्चार संयोजक खिला कार्कीले जानकारी दिए ।

उनीहरु ६ दिनसम्म नेपाल भ्रमणमा रहनेछन् । नेपाल बसाइँको क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हुने कार्यक्रममा पनि सहभागि हुनेछन् भने अन्नपूर्ण हिमश्रृंखलाको अवलोकनमा पनि जाने तय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *