शिक्षा विधेयक २०८० लाई टुङ्गोमा पुर्‍याउन गम्भीर छु- शिक्षामन्त्री पन्त

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका हुन् । विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका बिषयमा अन्तिममा टुङ्गोमा पुराउने गरि छलफल अघि बढाउन सुझाव दिए ।

समिति सभापति अम्वर बहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरि चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।

यसअघि उपसमितिले बिभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समिति समक्ष पेश गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *