प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीको राजीनामा माग, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

आज (मङ्गलवार) प्रतिनिधिसभाको बैठक सुरुहुनासाथ विपक्षी सांसदहरूले नाराबाजी गर्न थालेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको हो । बैठकको सुरुमै विपक्षीले नाराबाजी गरेका थिए । उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । बैठकको सुरुमा माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्को नियमित गतिविधि सञ्चालन हुन नदिने बताए ।

त्यसपछि सभामुखले सत्ता पक्षका सांसद श्याम घिमिरेलाई बाल्न समय दिए तर विपक्षीले नाराबाजी झन् चर्काउन थालेपछि बैठक स्थगित भएको हो । अब बैठक ३० मिनेट अथवा आधा घण्टापछि सञ्चालन हुनेछ । गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा सिधै संलग्नता छ भनेर आफूहरूले नभन्ने तर छानबिन प्रभावित हुन सक्ने हुनाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनीहरू बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *