काग्रेसले उम्मेदवारलाई असहयोग गरेको भन्दै नेता कार्यकर्तालाई गर्यो कारबाही

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । 

केन्द्रीय अनुशासन समितिको मिति यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकको निर्णय आज (बुधबार) सार्वजनिक भएको छ, जसमा स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवार वा पार्टीले समर्थन गरेकालाई पराजित गर्न असहयोग गरेको कारणले कारबाही गरेको उल्लेख गरिएको छ ।

कारबाही पर्नेहरुमा पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्ला सभापति, जिल्ला पूर्व सभापति समेत सम्म रहेका छन् ।

यी हुन् कारबाहीमा पर्ने नेता तथा कार्यकर्ताहरु

तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई कारबाही गरिएको छ । उनीहरुलाई एक वर्षका लागि पार्टी सदस्य समेत नहुने गरी निस्कासन गरिएको जनाइएको छ । त्यसैगरी कास्कीका पूर्व सभापति कृष्ण केसीलाई ३ महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषाकै सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, छ महिनाका लागि पार्टीबाट हटाइएको छ ।

कैलाली धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि छ महिनाको लागि निस्कासन गरिएको जनाइएको छ

516610545_1447643303347649_170495743826592405_n
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *