नयाँ संसद् भवनको काम समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको छु : मन्त्री सिंह

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको बताएका छन् ।

उनले कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताएका हुन् । शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ संसद भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताए । तर सरकारले विगतका कमीकमजोरीहरूलाई नियालेर गम्भीर बनेको बताए। उनले काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियरदेखि महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताए ।

उनले भने, ‘नयाँ संसद भवनको काम समयमै सकिएको छैन । यो तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । सत्य यही हो । तर मैले अघि पनि भनेँ मैले यसमा। काम समयमै सक्न मन्त्रालयदेखि, सम्बन्धित इन्जिनियर, डिजी साबहरूलाई के गर्दा राम्रो हुन्छ भन्ने कुरामा हामी लागि नै रहेका छौँ । समयमा सम्पन्न नभएको प्रोजेक्ट, राष्ट्रिय स्तरबाटै सबैले ध्यान दिएको प्रोजेक्ट हो विगतका गल्तीहरूबाट सिकेर राम्रो बनाउन ध्यान दिइरहेको छु । कार्यतालिकामा प्रगति हुन नसकेको कुरालाई अहिलेको जुन अवस्था छ, त्यसबाट अझ प्रगति ल्याउन आवश्यक छ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले भएका कमीकमजोरी औंल्याइदिएपछि सुधारका लागि लाग्ने प्रतिबद्धता जनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *