कार्यकर्तासँग भेटवार्ता गर्न विद्या भण्डारी बारामा
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाराका नेता(कार्यकर्ताहरुसँग भेटवार्ता गरिरहेकी छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन भण्डारी मधेश झरेकी हुन् । हिजै संघको कार्यक्रम सकिए पनि भण्डारी भोलिसम्म बारामै बस्ने भएकी हुन् । ‘आज कलैयामा केही कार्यक्रमहरू तय भएको छ । भोलिसम्म यतै रहन्छौँ’, भण्डारीसँगै रहेका नेता प्रकाश पौडेलले भने । उनका अनुसार सामाजिक संघसंस्थाका कार्यक्रम सँगै भेटवार्ता चलिरहेको छ ।
पूर्वराष्ट्रपति भण्डारी आज बिहान गढीमाई मन्दिर पुगेकी थिइन् । उनलाई महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव सहितका स्थानीयले स्वागत गरेका थिए । गढीमाइबाट फर्किएपछि मदन भण्डारी फाउण्डेसन बीरगञ्जको कार्यक्रममा सहभागी भइन् ।
















