शिक्षक महासंघको एकीकृत समाजवादीको पार्टी कार्यालयमा आज धर्ना

काठमाडौँ । शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् । आन्दोलित शिक्षक महासंघले नेपाली काँग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय, माओवादीको कार्यालयमा र नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना कार्यक्रम राखेको महासंघले जनाएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *