एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि ६५ बोनस शेयर, १४५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आ.व. २०८२।८३ को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखा परीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
















