कांग्रेसको अन्डर–४० समूहले लगायो पार्टी कार्यालयमा ताला
काठमाडौं । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (अन्डर–४०)ले नेपाली कांग्रेसको पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ । योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियान सम्बद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो ।
उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नाराबाजी गरे । उनीहरूले नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् १, आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस् १लगायत नारा लगाएका छन् ।
















