टाटाको नयाँ एसयुभी ‘सिएरा’ लन्च हुँदै
काठमाडौँ । टाटा मोटर्सको नयाँ प्रिमियम एसयुभी ‘सिएरा’ नोभेम्बर २५ मा भारतीय बजारमा प्रवेश गर्न लागेको छ। हालको कर्भ भन्दा माथिल्लो सेग्मेन्टमा पर्ने यो एसयुभीले हुन्डाई क्रेटा, किया सेल्टोस र मारुति सुजुकी ग्रान्ड भिटारासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। सिएराको डिजाइन र फिचरहरुले एकै नजरमै ध्यान तानेर प्रिमियम अनुभव दिन्छ। यसमा पूर्ण–चौडाइको एलईडी लाइट बार, फ्लश–फिटिङ डोर ह्यान्डल र डुअल–टोन एलोई ह्विलसहितको एलईडी हेड ल्याम्प जस्ता आकर्षक विशेषताहरु छन्। इन्टेरियर पनि अत्याधुनिक छ। डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सेन्ट्रल टचस्क्रिन र प्यासेन्जर साइडमा अतिरिक्त स्क्रिन सहितको ट्रिपल–स्क्रिन लेआउटले यात्रुहरुलाई स्मार्ट र प्रिमियम अनुभव दिनेछ। इन्जिन विकल्पमा टाटाले १.५ लिटर टर्बो–पेट्रोल र २.० लिटर डिजेल भेरियन्ट उपलब्ध गराउने तयारी गरेको छ भने तल्लो भेरियन्टमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन रहने अनुमान गरिएको छ।
















