एनपिएल सिजन–२ को ‘ड्रिभन बाइ’ पार्टनर बन्यो ओमोडा एन्ड जेइको–१

काठमाण्डौं । ओमोडा एन्ड जेइकोले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ। यसअघि सिजन–१ मा पनि सह–प्रायोजक रहिसकेको ब्रान्डले यस वर्ष ‘म्यान अफ द टुर्नामेन्ट’ लाई आफ्नो प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ। एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने, ‘ओमोडा र जेइको उत्साह, प्रदर्शन र उत्कृष्टताको प्रतिक हुन्, जुन नेपाली क्रिकेट र क्रिकेटप्रेमीहरूसँग स्वभाविक रूपमा मेल खान्छ।’ सहकार्यअन्तर्गत कम्पनीले फ्यान इन्गेजमेन्ट जोन, ब्रान्ड गतिविधि र विशेष गाडी प्रदर्शनमार्फत दर्शकहरूको अनुभव अझ रोमाञ्चक बनाउने जनाएको छ। यो साझेदारीले नेपालमा ओमोडा र जेइकोको उपस्थिति बलियो बनाउँदै खेलकुद, युवा र समुदायप्रतिको प्रतिबद्धता थप मजबुत बनाउने विश्वास गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *