हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच सह-प्रायोजन सम्झौता

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाली खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ चितवन राइनोजसँग सह प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुष न्यौपानेले हस्ताक्षर गरे ।

इन्स्योरेन्सले यो साझेदारीलाई खेल क्षेत्रमा जोखिम व्यवस्थापनको नयाँ दृष्टिकोणका रूपमा उल्लेख गरेको छ । इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सहकार्यबाट खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने विश्वास व्यक्त गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *