स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन सडकमा उत्रिनुस्, : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि सडकमा उत्रन युवा संघलाई निर्देशन दिएका छन् । काठमाडौंमा आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले अनधिकृत व्यक्तिहरूले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए ।प्रतिनिधिसभा केही अनधिकृत व्यक्तिहरूले, सडकछापहरूले विघटन भनेर सिफारिस गर्ने र विघटन गर्ने अलोकतान्त्रिक क्रियाकलाप भएको छ, ओलीले भने, लोकतन्त्रको अपहरण भएको छ । संविधान खारेज भनिएको छैन तर मिचिएको छ ।

उनले देश जलाउनेहरूले नै देश चलाउने तमासा गरेको आरोप लगाए । यो साधारण परिस्थिति होइन । देश जलाउने पनि तिनै, चलाउने पनि तिनै तमासा भइरहेको छ । जलाउनेका पछाडि पनि यिनै देखिएका थिए । चलाउनेमा पनि कुर्सीमा विराजमान तिनै देखिएका छन् । जुन संविधानले मिल्दैन । उनले प्रशासनसँग आन्दोलनको अनुमति माग्दा नदिए सडकमा उत्रिन निर्देशन दिए । स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन सडकमा उत्रिनुस्, ओलीले निर्देशन दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *