कांग्रेससहित सात दलका कार्यकर्ताले गरे मुख्यमन्त्री कार्यालयमा तोडफोड

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिका विषयमा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरिएको छ । मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससहितका सात दलका नेता र कार्यकर्ताले सोमबार मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् । सोमबारै बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले) मधेस संसदीय दलका नेता यादवलाई ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्री कार्यालयअगाडि यति बेला नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध मधेसका सात दलका नेता–कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता–कार्यकर्ता मुख्यमन्त्री कार्यालयअगाडि जम्मा भएका हुन् । दलका कार्यकर्ताले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी समेत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *