मुख्यमन्त्री बानियाँ दोलखामा अन्तरपालिकास्तरीय असल अभ्यास आदान–प्रदान कार्यक्रममा
दोलखा । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ दोलखातर्फ जानु भएका छन। भीमेश्वर नगरपालिकाको आयोजनामा अस्ट्रेलियन सरकार र द एशिया फाउण्डेशनको सहयोगमा “स्थानीय सरकार सशक्तिकरण कार्यक्रम” अन्तर्गत अन्तरपालिकास्तरीय असल अभ्यास आदान–प्रदान कार्यक्रम (Municipal Roundtable) को उद्घाटन गर्न बानियाँ दोलखा जानु भएको छ। दुई दिने उक्त कार्यक्रम सदरमुकाम चरिकोटको होटल एम्ब्रोसियामा हुने आयोजकले जनाएको छ।कार्यक्रममा सातै प्रदेशका नगरपालिकाहरू — दमक नगरपालिका, मिथिला नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, तानसेन नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकाका जनप्रतिनिधिहरू सहभागी हुनेछन्। साथै दोलखा जिल्लाका स्थानीय तहहरू तथा सरोकारवाला निकायबीच अनुभव र सिकाइ आदान–प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको भिमेश्वर नगरपालिकाले जनाएको छ। आयोजकले सरोकारवाला निकाय, जनप्रतिनिधि, विज्ञ तथा सहभागीहरूलाई कार्यक्रममा उपस्थित रहन हार्दिक निमन्त्रण गरेको छ। कार्यक्रमले विभिन्न नगरपालिकाहरूबीच नीति, योजना, सेवा प्रवाह, स्रोत व्यवस्थापन र सुशासनका असल अभ्यासहरू आदान–प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
















