रेशमलालको पार्टीले पायो दर्ताको प्रमाणपत्र

काठमाडौं । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले बुधबार सो पार्टी दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर सोव छन् । पार्टी दर्ताको प्रमाणपत्र पाएपछि रेशमले नागरिक उन्मुक्ति पार्टी गठनको सन्दर्भ सम्झिए ।

श्रीमतीसमेत रहेकी रन्जिता श्रेष्ठसँगको विवादले चौधरीले छुट्टै पार्टी बनाएका हुन् । हरेक नागरिकलाई राज्यमा सहाभागी गराउनुपर्ने उनले बताए । नेपालमा छुट्टै खालको जग स्थापना गर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *