साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतशित लाभांश दिने भएको छ । लघुवित्तको सञ्चालक समितिको बुधबार बसेको बैठकले सेयरधनीलाई आर्थिक वर्ष ०८१।८२ को वितरणयोग्य मुनाफाको आधारमा हाल कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधाणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार ५१३ रुपैयाँ कायम छ ।
















