सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा ३ हजार १७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *