दोलखा माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु
काभ्रेपलाञ्चोक । दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा भएको माइक्रोबस दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा निवासी ६० वर्षीय एकुमाया अर्याल रहेको छन् । उनको सैलुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनी काठमाडौंको चन्द्रागिरिमा बस्दै आइरहेकी थिइन् । प्रहरीका अनुसार मृतकको पुरानो घर गोर्खा भए पनि हाल काठमाडौंको चन्द्रागिरि बस्दै आएको प्रहरीले जानकारी दिए । दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार माइक्रोबसमा १६ जना सवार थिए । जसमध्ये १४ जना घाइते भएका छन् । काठमाडौंबाट शैलुङ घुम्न गएका उनीहरू चढेको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटनामा परेको थियो ।
















