निर्वाचित हुनेले प्रत्येक वर्ष चुनावी घोषणपत्रको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल वा निर्वाचित हुने व्यक्तिले चुनावी घोषणापत्र अनुसारको कार्यप्रगति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । आयोगले निर्वाचन आचारसंहितामा राख्नेगरी प्रस्ताव अघि सारेको हो । आचारसंहिताको मस्यौदामा दल वा उमेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरेर त्यसैको आधारमा चुनाव प्रचारप्रसार गर्नुपर्ने उल्लेख छ । घोषणापत्र राजनीतिक दलले आयोगमा र उमेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । आचारसंहिताको मस्यौदाको ३७ (३)मा कार्यप्रगति सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ । “राजनीतिक दल वा निर्वाचित उमेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नु पर्नेछ,” भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *