सन्तोष, सुदन र दुर्गाले गरे पाँच बुँदे सहमति,मंसिर ७ मा बृहत् एकता घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की दुर्गा सोवले पाँच बुँदे सहमति गरेका छन् । परियारले आजै रास्वपा छाडेको बताउँदै नयाँ राजनीतिक अभियान अघि बढाउने बताएका थिए ।
त्यसपछि आजै उनीहरूबीच पाँच बुँदे सहमति भएको हो । सहमतिमा उनीहरूबीच एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउन सहमतिु जनाएको उल्लेख छ । त्यस्तै मंसिर ७ गते बृहत एकता घोषणा कार्यक्रम गर्न पनि उनीहरू सहमत भएका छन् ।
















